spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

कैलालीमा थप ४ संक्रमितको मृत्यु

spot_img
spot_img
spot_img
spot_img

कैलाली- कोरोना भाइरस संक्रमणबाट कैलालीमा थप ४ जनाको मृत्यु भएको छ। कैलालीका ३ र कञ्चनपुरका १ जनाको उपचारको क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका-२ का ७२ वर्षीय पुरुष र ८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरुकाे उपचारका क्रममा हिजाे साँझ मृत्यु भएकाे हाे ।

कैलालीको गौरीगङ्गा नगरपालिका-१ का ३५ वर्षीय पुरुषको पनि हिजाे राति सवा आठ बजे मृत्यु भएको उनले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुषको भने आज बिहान सवा ४ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: