१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एसईई र कक्षा १२ को परीक्षा यो बर्ष पनि अघिल्लो बर्ष झै अन्योलमा



काठमाडौं । कोरोनाका कारण एसईई र कक्षा १२ को परीक्षाको पनि अघिल्लो बर्षको झै अन्योलमा पर्ने देखिएको छ । कोरोनाको दोस्रो लहरले महामारीको रुप लिदै गएपछि एसईई र कक्षा १२ को परीक्षामा अन्योलता छाएको हो । यो वर्षको एसईई सञ्चालन हुन अब तीन साता मात्र बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहको मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान गर्न थालिएको छ ।

परीक्षाका सम्बन्धमा सम्बन्धित निकायको मौनताका कारण यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षकलाई समस्या भएको छ । गत वर्ष वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो । तर, सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मङ्सिर र पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन सुरु भएको थियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको छ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन ।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिन अगाडि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् । गत वर्ष एसईईमा आन्तरिक मूल्याङ्कनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा लिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय