७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

माओवादी केन्द्रले फिर्ता लियो आफ्नो समर्थन: हल्लियो दुई तिहाइको सरकार (पत्र सहित)



काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।

काठमाडौंमा उपलब्ध स्थायी समिति सदस्यहरूको मंगलबारको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् ।

सरकारले भने माओवादीले सर्मथन फिर्ता लिनुअघि नै विश्वासको मत लिने निर्णय गरिसकेको छ । २७ बैखामा विश्वासको मत लिने सरकारको तयारी छ।


प्रतिक्रिया दिनुहोस !