१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भारतबाट आउने यात्रु क्वारेन्टिन बस्न तोकिए ८ होटेल, दैनिक शुल्क तीन हजारसम्म



काठमाडौं- भारतबाट सातामा दुई उडानबाट नेपाल आउने यात्रु रहने गरी ८ वटा होटेललाई क्वारेन्टिन तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु यी ८ वटा होटेलमा मात्र क्वारेन्टिन बस्नु पर्नेछ । मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौसालास्थित अमादब्लम होटेल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, जगातीसिथत फार्म हाउस रिर्सोट र जगातीस्थित ए-वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ । यी होटेलमा देखि ९१ कोठासम्म उपलब्ध छन् ।

मन्त्रालयका अनुसार यी होटेलले यात्रुलाई विमानस्थलबाट होटेलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शूल्क लिन पाइने गरि होटेल तोकिएको छ । नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटेलले प्रहरीलाई खबर गर्नुपर्नेछ । बिहीबार रातिबाट हवाई उडान बन्द हुनेछन् । तर, साताको दुई उडान भने भारतबाट निरन्तर रहने छन् । भारतबाट आएका यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्ने नियम सरकारले बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !