१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

उपत्यकामा यसअघि जारी भएका सबै पास खारेज, निषेधाज्ञामा थप कडाइ



काठमाडौं : काठमाडौ उपत्यकामा जारी निषेधाज्ञालाई विहीबारबाट थप कडाइ गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौंमा एक हप्ता निषेधाज्ञा गर्दै कडाइ पनि गरिएको हो । यसअघिको आदेशमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री खरिद–बिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएको थियो । बुधबारबाट भने बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौं उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख लिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । यस्तै काठमाडौं उपत्यका बाहिर जानका लागि सम्बन्धित पालिकाले अनिवार्य १० दिनको क्वरेन्टाइनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस आवश्यक पर्ने भएको छ । यसअघि जारी भएका सबै पास समेत खारेज गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेध आदेश जारी गरिएका जिल्लाको संख्या ४६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !