७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बादलसँग लड्न कांग्रेस, माओवादी र एमालेले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने



काठमाडौं : नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपालपक्षले बागमती प्रदेश अन्तर्गत हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार कांग्रेस, माओवादी र नेपालपक्षको तर्फबाट साझा उम्मेदवार देवाकोटालाई बनाउने निर्णय भएको हो ।

मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नेपालको छलफलबाट देवकोटालाई साझा उम्मेदवार बनाउने सहमति भएको नेता श्रेष्ठले बताए । संघीयता विज्ञ देवकोटा एमालेको नेपाल पक्षधर मानिन्छन् । तत्कालीन माओवादीले रामबहादुर थापालाई राष्ट्रियसभा उम्मेदवार बनाएको थियो । थापा एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारबाही गर्दा वाग्मतीमा राष्ट्रियसभाको एक पद रिक्त छ । उक्त पदमा जेठ ६ गते उपनिर्वाचन हुँदै छ ।

 


प्रतिक्रिया दिनुहोस !