spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

देवघाटमा दाहसंस्कारका लागि ल्याइने शवको संख्यामा वृद्धि

spot_img
spot_img
spot_img
spot_img

चितवन- देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्याउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार दैनिक सात-आठवटा शव दाहसंस्कारका लागि आउने गरेकामा अहिले यो सङ्ख्या बढेर एकै दिन १९ सम्म पुगेको छ । यसअघि धेरै शव आएका दिन १० वटासम्म हुने गरेको भन्दै उहाँले एकाएक शव बढेपछि दाउराको व्यवस्थापन जटिल बन्ने बताए ।

कोरोनाबाट मृत्यु भएकाहरुको नेपाली सेनाको सहयोगमा बागेश्वरीस्थित नारायणी नदी किनारमा अन्तिम संस्कार गरिन्छ । कतिपयलाई जलाइन्छ भने कतिपयको धार्मिक विधिअनुसार पुर्ने गरिन्छ । जलाउनका लागि देवघाटबाटै दाउरा लैजाने गरिन्छ । घिमिरेको भनाइमा विगतका तुलनामा दोब्बरभन्दा बढी शव आउन थालेपछि थप दाउरा व्यवस्थापनको तयारी थालिएको छ । शवको व्यवस्थापनमा सहयोग गर्दै आएको कालीबहादुर गण भरतपुरका प्रमुख सेनानी विज्ञानराज खनालका अनुसार सङ्क्रमण भएका दैनिक तीन-चारवटा शव सेनाले व्यवस्थापनमा सहयोग गर्दै आएको छ । अन्य शव देवघाटमा अन्त्येष्टि गरिन्छ ।

गत वर्ष यही समयमा पहिलो पटक लकडाउन हुँदा देवघाटमा शवको सङ्ख्या पनि घटेको थियो । उक्त समयमा दैनिक ५-६ वटा मात्रै शव आउने गरेको बताइन्छ । तर यस पटक शवको सङ्ख्या बढ्नुलाई सङ्क्रमणको कारण होम आइसोलेशनमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । होम आइसोलेशनमा मृत्यु भएकाहरुको शव आफन्तले नै अन्त्येष्टि गर्ने गरेको हुन सक्ने देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टङ्कनाथ पौडेलले बताए ।

सामान्य अवस्थामा टाढाटाढाबाट समेत शव ल्याइने भए पनि लकडाउनका कारण अहिले अन्यत्रबाट शव देवघाट ल्याइँदैन । स्थानीय खोला नदीहरुमा नै अन्त्येष्टि गरिँदै आएको छ । देवघाट क्षेत्रमा वृद्धवृद्धाहरुको बसोबास धेरै भएकाले समितिले थोरै सङ्ख्यामा मात्रै मलामी आइदिन र अन्त्येष्टिस्थलबाट सोझै फर्किन आग्रह गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: