१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भारतमा कोरोनाको भयावह तस्वीर, एकै दिन ५४ सय बढीको मृत्यु र ४ लाख बढीमा संक्रमण



काठमाडौं ; पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ३ सय बढीमा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भने ५ हजार ४ सय २२ को मृत्यु भएको छ । भारतको नयाँ दिल्लीमा अक्सिजन अभावका कारण आज बिहान मात्रै १४ जनाको मृत्यु भएको छ । विाश्वमै कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड १८ लाख नाघेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १८ लाख ८६ हजार ६ सय बढी भएको छ । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ । पछिल्लो विवरण अनुसार भारतमा मृतकको संख्या २ लाख ३८ हजार २ सय नाघेको छ ।


प्रतिक्रिया दिनुहोस !