१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

कोरोना संक्रमित आयुर्वेदिक स्वास्थ्य कार्यालय, दार्चुलाका प्रमुख जोशीको अक्सिजन नपाएरै मृत्यु



दार्चुला- आयुर्वेदिक स्वास्थ्य केन्द्र दार्चुलाका कार्यालय प्रमुख लोकेन्द्र जोशीको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका जोशीले अक्सिजन नपाएर अस्पतालमै मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालको ११ नम्बर आईसियु बेडमा उपचाररत शनिबार बिहान सवा ८ बजे अक्सिजन नपाएर मृत्यु भएको आफन्तले जनाएका छन् । मृतक जोशीका श्रीमती, एक छोरा र एक छोरी छन् । झापामा भेन्टिलेटर भएको जानकारी पाएपछि परिवारले आज हेलिकोप्टरबाट झापा लैजाने तयारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !