७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

दार्चुलाको गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु



दार्चुला- दार्चुलामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–९ का ६५ वर्षीय महिलाको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो ।

शुक्रवार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनको शनिवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका सीआइसीटी सहजकर्ता सुजन बोहराले जानकारी दिनुभयो । हिजो शुक्रबार बेलुकी नै उनको एन्टिजेन परीक्षण गरिएको थियो ।

एन्टिजेन रिपोट पोजेटिभ आएको थियो । अस्पताल ल्याउँदा शरिरमा अक्सिजनको मात्रा निकै कम ४५ प्रतिशत रहेको उहाँले बताउनुभयो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४पुगेको छ । एक सय भन्दा बढि व्यतिmहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस !