१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

विश्वासको मतको विपक्षमा मतदान गर्ने कांग्रेसको औपचारिक निर्णय



काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गरेको छ । काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । खाणका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको निर्णय पनि अनुमोदन गरेको छ । २१ चैतमा काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । शनिबार बिहान पार्टीको शीर्षस्थ नेता र संसदीय फाँटका पदाधिकारीबीच छलफल भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !