spot_img
Sunday, June 13, 2021
spot_img

ट्रेन्डिङ :

प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ, प्रेस सल्लाहकार थापा र स्वकीय सचिवलाई पुनः संक्रमण

spot_img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । प्रधानमन्त्रीसहित उनको सचिवालयका एक दर्जन व्यक्तिमा भाइरस परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षण गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पुनः कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थापा र भण्डारीलाई भाइरसको पहिलो लहरमा संक्रमण पुष्टि भएको थियो ।

दुबै डोज कोभिसिल्ड खोप लगाएका सचिवालयमा कार्यरत रुपेश आचार्यको नतिजा पनि पोजेटिभ आएको छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

—जोकरतन्त्र—

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: