७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

काठमाडौं उपत्यकामा थपिए ३ हजार ११३ जना संक्रमित



काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार २ सय ७०, ललितपुरमा ४ सय ६२ र भक्तपुरमा ३ सय ८१ जना गरी उपत्यकामा ३ हजार १ सय १३ जना संक्रमित भेटिएको हो ।

देशभरबाट ८ हजार ४ सय १८ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय ५८ जना र भेन्टिलेटरमा २ सय ३१ जना उपचाररत छन् ।

शनिबार देशभर ३ हजार ३ सय ७० जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ३ हजार ३ सय ७० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना पुगेको छ । निको हुने दर ७७.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टाको अवधिमा ५३ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय