६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

अफगानिस्तानको विद्यालयमा विष्फोट, ३० जनाको मृत्यु



काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालयको बाहिर भएको विष्फोटमा ३० जनाको मृत्यु भएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरुको उपचार जारी छ । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार विष्फोटको समयमा सर्वसाधारण नागरिक पनि इद उल फित्रका लागि आवश्यक सामान किन्न नजिकको बजारमा निस्किएका थिए । मुस्लिम समुदायको पवित्र महिना रमजान अन्त्यको समयमा इद उल फित्र पर्व मनाइन्छ । विष्फोट भएको स्थानमा शिया हजरा समुदायको बसोबास छ । केही वर्षयता यो क्षेत्र चरमपन्थी समूह इस्लामिक स्टेटको निशानामा पर्दै आएको छ । सोही क्षेत्रमा रहेको सरकारी माध्यमिक विद्यालय स्कुल नजिक ठूलो आवाजका साथ विष्फोट भएको थियो । घटनाको जिम्मेवारी कसैले लिएको छैन । तालिवान समूहले पनि यो घटनाको निन्दा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय