१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चरम अहंकारले विश्वासको मत गुमाउँदै ओली सरकार



काठमाडौं : लामो सयदेखि पार्टी भित्र स्वेच्छाचारी ढंगले पार्टीमा चल्दै आएका ओली पार्टी भित्र र बाहिरबाट एक्लिएका छन् । नेकपा एमालेको माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गर्दै केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेका हुन् । नेपाल समूहले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरू असफल भएको र अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्ने बताएको छ ।

शनिबारको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निश्कर्षमा पुगेका थिए । वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको बैठकमा सहभागीि नेपाल समूहका एक नेताले बताए ।

तीन दिनको अवधिमा एमालेका दोस्रो तहका नेताहरुले ओली पक्षसँग सहमतिका लागि पटक–पटक छलफल गरेका थिए । तर, ओली आफ्नो अडानमा टसमस नभएको र जेठ २ मा फर्कन त के, कारवाही फिर्ता लिनसम्म तयार नदेखिएकाले ओलीसँग सहमति टरेको माधव पक्षका सांसदहरुको निश्कर्ष छ । एमालेको नेपाल समूहले ओलीलाई विश्वासको मत दिएको खण्डमा ओलीले विश्वासको मत पाउने संभावना बढी हुने भए पनि ओलीको दम्भले विश्वासको मत गुमाउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !