१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको हो । मृत्यु हुनेहरूमध्ये बाँकेका ३ जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज उमनपा १५ का ७३ पुरुष त्यस्तै, भेरी अस्पतालमा नै उपचाररत ५३ वर्षीया महिला, लम्की चुहा १ का ४३ वर्षीय पुरुष, तुलसीपुर ६ दाङ्गका ४१ वर्षीय पुरुषको पनि आइतबार निधन भएको छ । नेपालगञ्ज उमनपा ११ का ४३ वर्षीय पुरुषको आइतबार बिहान ६ बजेतिर निधन भएको छ । वैशाख १८ मा कोरोना संक्रमण पुष्टि भएका उनलाई २१ वैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !