१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सांसद अपहरणपछि लुम्बिनीको तिकडम मोडेलमा गए मुख्यमन्त्री गुरुङ



पोखरा । केही दिन अघि प्रदेश सांसदलाई अपहरण गरेको आरोप लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । जनमोर्चाका प्रदेश सांसद खिमविक्रम शाहीलाई बैशाख १५ गते पोखराको चरक मेमोरियल अस्पतालसँग मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अविश्वास प्रस्तावमा मतदान हुने तय भएको दिन बुधबार आईसीयूमा राखेको कांग्रेस, माओवादी, राजपा र जनमोर्चाले आरोप लगाएका थिए । वैशाख १५ गते दिउँसो २ बजेसम्म फोनमा संवाद गरिरहेका सांसद उक्त दिन मध्याह्न १२ बजे पार्टी, संसदीय दल र प्रदेशसभा सचिवालयलाई समेत जानकारी नगराई आईसीयूमा भर्ना गरिएको थियो ।

त्यस्तै बैशाख २७ गते नै गुरुङविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वास प्रस्तावमाथि सोमबार मतदान गर्ने कार्यसूची थियो । तर आफ्ना पक्षमा बहुमत नपुग्ने देखेपछि गुरुङले लुम्बिनीमा शंकर पोखरेलले अपनाएको राजनीतिक तिकडमको सिको गरेर पदबाटै राजीनामा दिएका छन् । मुख्यमन्त्री गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीताकुमारी पौडेलले स्वीकृत पनि गरिसकेकी छिन् । त्यसअघि आइतबार नै नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बसेको थियो । गुरुङकै शैलीमा लुम्बिनीमा शंकर पोखरेलले राजीनामा दिएर आफ्नो सरकारको आयु केही दिन लम्ब्याएका थिए ।


प्रतिक्रिया दिनुहोस !