८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

विस्वासको मत लिने न पक्षमा न विपक्षमा : महन्त ठाकुर



काठमाडौं- जनता समाजबादी पार्टीका अध्यक्ष महन्त ठाकुरले केपी ओलीले माग्नु भएको विस्वासको मतको न पक्षमा रहेको न विपक्षमा रहेको भनि आफ्नो पार्टीको धारणा राख्नु भएको छ । उहाले कोरोना भाईरस संक्रमणले मृत्यु भएकाहरु प्रति श्रदान्जली व्यक्त गर्दै र संक्रमितहरु प्रति सीघ्र स्वास्थलाभको कामना पनि व्यक्त गर्नु भएको छ ।

उहाले आफ्नो पार्टीका सांसद लगायत प्रदेश मंत्री, मेयर देखि कार्यकर्ता  जेलमा रहेका र कोहि तारेख रहेका साथै लोकतन्त्र आइसकेपनि यो संबिधानले हाम्रा माग पुरा नगरेको बरु अझै हामीलाई पिडित बनेको भनि आरोप लगाउनु भएको छ ।

यो संबिधान नै हाम्रो पक्षमा नरहेको ले प्रधानमन्त्रीले माग्नु भएको विस्वासको मतको न पक्षमा रहेको न विपक्षमा भनि प्रष्ट पार्नु भएको छ । यो संबिधानले हाम्रै प्रतिनिधिले बनाएको र हाम्रो आफ्नो हो भन्ने अनुभूति नदिएको भनि संबिधानको मूल मर्म नै हामी प्रति नरहेको आरोप लगाउनु भयो ।


प्रतिक्रिया दिनुहोस !