१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

संसदलाई विश्वास नगर्ने प्रधानमन्त्रीलाई संसदले किन विश्वास गर्ने ? : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्नु नै गलत भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै यादवले विगतमा आफैंले विघटन गरेको संसदमा विश्वासको मत माग्नु प्रधानमन्त्रीको कमजोरी भएको बताए ।

‘प्रधानमन्त्रीले सहमति गर्नुहुन्छ तर कार्यान्वयन नगरी विश्वासघात गर्नुहुन्छ । जुन संसदलाई असंवैधानिक ढंगले विघटन गर्नुभयो त्यही संसदमा विश्वासको मत माग्दै हुनुहुन्छ । जुन संसदमा तपाईको आफ्नै विश्वास छैन त्यो संसदले तपाईलाई किन विश्वासको मत दिने ?’, यादवले प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस !