१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

निरु पालको पहलमा महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न ४ करोड रुपैयाँ निकासा



काठमाडौं । महाकाली अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले ४ करोड रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले २०० शैयालाई पुग्ने अक्सिजन प्लान्ट जडानका लागि आज ४ करोड रुपैयाँ थप बजेट बिनियोजन गरेको हो । बजेटका लागि सांसद निरुदेवी पालले पहल गरेकी थिइन् । छिमेकी मुलुक भारतसँग खुल्ला सिमाना रहेको कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजनसहितमका सेवा दिनुपर्ने बिरामीहरु बढिरहेको र अक्सिजन प्लान्ट नभएकाले उपचारमा कठिनाई भइरहेको छ । स्वास्थ्य मन्त्राललाई बजेट विनियोजनबारे जानकारी गराउँदै लिक्युड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट जडान गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयमा ४ करोड रुपैयाँ थप निकासा गरिएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय