१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कुनै पनि ठाउँबाट तेश्रो महायुद्ध भड्कन सक्छ, अमेरीकाको अवसानको शुरुवात : भरत दाहाल



सन् १९६७ को अरब ईजरायल युद्धमा गाजापट्टी, गोलाईन हाईट र पश्चिम किनार जबर्जस्ति कब्जा गरेपछि आफूलाई अभेद्य किल्ला ठानेर पश्चिम एशियामा प्यालेष्टाईनहरुमाथि अत्याचार गर्दै आएको ईजरायल अब अवशानको दिशामा लागेका संकेतहरु देखापरेका छन्। विगत १ हप्तादेखि ईजरायल र विद्रोही प्यालेष्टाईन समूहहरुका बीचमा सुरु भएको लडाईं अब पूर्ण युद्धको दिशामा अघि बढ्न थालेको राष्ट्र संघले जनाएको छ। १९७६ मा प्यालेष्टाईनबाट ईजरायलले खोसेको पूर्वी जेरुसलम र यसमा रहेको अल अक्सा मस्जीद अहिलेको द्वन्दको कारण रहेका छन्। मस्जीदमा प्रार्थना भैरहेको बेला ईजरायलले प्यालेष्टाईनहरुमाथि आक्रमण गरेपछि यो भिडन्त सुरु भएको छ। तेल अवीवमा हमासले रकेट आक्रमण गरेपछि १९६६ पछि ईजरायलको यौटा शहरमा संकटकाल लगाईएको छ भने विश्वभरीको मुस्लीम जगत ईजरायलका विरुद्धमा एकजुट हुने संभावना देखिएको छ। राजनीतिक रुपमा अहिलेको यहुदी मुस्लीम संघर्ष २ वटा कारणले निकै महत्वपूर्ण देखिन थालेको छ। एउटा हो, ईजरायलका विरुद्धमा विश्वव्यापी रुपमा मुस्लीम एकजुटताको संभावना र अर्को हो, अभेद्य मानिएको ईजरायलको आईरन डोम भनिने प्रतिरक्षा प्रणालीको असफलता।

यी २ वटा कुराहरुले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, समिकरण र सेन्य शक्तिमामा धेरै ठूलो परिवर्तन आईसकेको देखिन्छ। अहिलेको लडाईंमा अमेरीका र यूरोपीयनहरुको रक्षात्मक रवैयाले पनि यो खेमा धेरै कमजोर बनिसकेको थाहा हुन्छ। ईजरायली भूमीमा विद्रोही प्यालेष्टाईनहरुका रकेटहरुले निशाना बनाउन सफल हुनुलाई अहिले सबैभन्दा आश्चर्यको विषय मानिएको छ। यसले अरब राष्ट्रहरुको सैन्य शक्ति ईजरायलको भन्दा माथि पुगिसकेको अनुमान लगाउन सकिन्छ। यदी यो संघर्षमा ईजरायलको पराजय भयो भने त्यो अमेरीकाको पूर्ण अवसानको थालनी हो भन्दा फरक पर्दैन। किनभने पश्चिम एशियामा अमेरीकी गुण्डागर्दीको आधार नै ईजरायल हो।

अब विश्वले अमेरीकी नेतृत्वको पश्चिमा अत्याचारलाई थेग्न सक्ने अवस्था छैन। आक्रोस जुनसुकै ठाउँबाट पनि विष्फोट हुन सक्छ। यदी कुनै पनि ठाउँबाट क्षेत्रिय युद्धहरु भड्किए भने त्यसले महायुद्धको रुप लिने कुरामा संका नै छैन। किनभने जति पनि ठाउँहरुमा क्षेत्रिय तनाव र द्वन्दहरु बढिरहेका छन्, त्यसका पछाडि विश्वका ठूला शक्तिहरुको हात छ। सिरीया, क्रिमिया, यूक्रेन, ईराक, अफगानिस्तान, उत्तर कोरीया, ईरान, भेनेजुयला लगायतका मामिलाहरुमा पश्चिमाहरुको रक्षात्मक नतिजा र अब देखिन थालेको इजरायलको हवीगत हेर्ने हो भने यो खेमाले आफ्नो बचाउका लागि कहिं न कहिं युद्ध भड्काउँछ र आफू पनि समाप्त हुन्छ।


प्रतिक्रिया दिनुहोस !