८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

जालानको निधन देशकै आईसीटी उद्योगका लागि क्षती : आईस्पान



काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका सह(संस्थापक एवं निर्देशक विजयकुमार जालानको निधनले नेपालको इन्टरनेट सेवा उद्योग र समग्र देशकै आईसीटी उद्योगका लागि ठूलो क्षति पुगेको इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान) ले जनाएको छ । आईस्पानका तर्फबाट श्रद्धाञ्जली ज्ञापन गर्दै अध्यक्ष सुधिर पराजुलीले जालानको निधनले सिङ्गो संघ नै मर्माहत भएको उल्लेख गरे । जालान आईस्पानका वरिष्ठ सल्लाहकार एवं कार्यकारी सदस्य समेत रहेका थिए । कोभिड संक्रमित ४६ वर्षीय जालानको उपचारका क्रममा बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको हो ।


प्रतिक्रिया दिनुहोस !