६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

केजेरिवालले दिल्लीमा १५ दिनमै ५ सय आईसीयूसहितको अस्पताल बनाए



दिल्लीको प्रख्यात रामलीला मैदानमा दिल्ली राज्य सरकारले १५ दिनमै ५ सय आईसीयू बेडको उपचार केन्द्र निर्माण गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार यसमध्ये २५० बेड शनिबारदेखि सञ्चालन भएको छ भने दुई दिनपछि बाँकी २५० बेड पनि सञ्चालनमा आउनेछन् । युद्धस्तरमा २४ सै घण्टा काम गरेर १५ दिनमै ५ सय आईसीयू बेडको अस्पताल निर्माण गर्न सफल भएकोमा म कामदार, इन्जिनियर र डाक्टरहरुलाई सलाम गर्न चाहन्छु,’ केजरीवालले शुक्रबार ट्वीटरमा भने । कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा संक्रमितको संख्या बढिरहेको छ भने गम्भीर बिरामीका लागि आईसीयू बेड र अक्सिजनको अभाव भइरहेको छ । आईसीयू बेडको अभाव कम गर्न रामलीला मैदानमै अस्थायी अस्पताल निर्माण गरिएको हो । त्यसबाहेक गत मंगलबारदेखि गुरु तेजबहादुर अस्पतालमा थप ५ सय आईसीयू बेड सञ्चालनमा ल्याइएको छ । केजरीवालले अब दिल्लीमा अक्सिजन, बेड र आईसीयूको कमी नहुने दाबी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय