६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

महन्त ठाकुरलाई प्रधानमन्त्री बनाऔँ, नबनाए ठूलो अराजकता आउँछ : शेखर कोईराला



काठमाडौं : कांग्रेसका नेता डा. शेखर कोइरालाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । कोइरालाले निवासमा शनिबार पत्रकारसँगको कुराकानीमा लोकतन्त्र र संविधानको रक्षा र मधेसको मुद्दा समाधान गर्नका लागि ठाकुरलाई प्रधानमन्त्री बनाउनु पर्ने बताएका हुन् । त्यस्तै उनले संसद्मा विश्वास गुमाइसकेका व्यक्ति पुन प्रधानमन्त्री भएर सरकार चलाउनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।

‘एक पटक संसद्मा विश्वास गुमाइसकेका प्रधानमन्त्री केपी ओलीजीले पुन संसदमा विश्वासको मत माग्न जानु हुन्छ, यो संविधानको कमजोर पक्ष हो ।’ तर लोकतन्त्रिक अभ्यासमा सामान्यत संसदमा विश्वास गुमाइसकेकाले राजीनामा दिएर बाटो छोड्नुपर्ने कोइरालाको भनाइ थियो । प्रधानमन्त्री ओलीले अहिले संसद्मा विश्वासको मत लिने र आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गराउने दुई वटा लक्ष्यका साथ अघि बढिरहेको उनले बताए । अगामी वर्षको बजेट प्रधानमन्त्री ओलीले चुनावी बजेट ल्याउने ध्येयका साथ अघि बढिरहेको छ ।

प्रधानमन्त्री ओलीसँग माधवकुमार नेपालहरु गइसकेको अवस्थाममा जसपालाई प्रतिपक्षीले रोक्न सक्नुपर्ने कोइरालाले बताए । अध्यक्ष ठाकुरले मधेसको मुद्दा सम्बोधनका लागि प्रधानमन्त्री बन्न छलफलमा आउने अवसर गुमाउन नहुने कोइरालाको भनाइ थियो । अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री बनाउन नसकिए मुलुकमा झन् ठूलो अराजकता निम्तिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय