११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने १० जना मध्ये नौ जना पुरुष र एक महिला छन् । छ जनाको इमर्जेन्सी वार्डमा, एकजनाको फिबर क्लिनिकमा, दुई जनाको धागो कारखानाको कोभिड विशेष अस्थायी अस्पतालमा र एकजनाको इमर्जेन्सी वार्डमा भर्ना गर्न नपाउंदै मृत्यु भएको हो । अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार जेठ २ गते बिहान कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको इमर्जेन्सीमा भर्ना भएका इस्मा–४ गुल्मीका ४५ वर्षका पुरुषको बिहान ८ : ४४ बजे मृत्यु भएको हो ।

यस्तै वैशाख २८ गते संक्रमण पुष्टि भएपछि सोही दिन इमर्जेन्सीमा भर्ना भएका तिलोत्तमा–५ रुपन्देहीका ६० वर्षका पुरुषको बिहान ८ं : ३० बजे मृत्यु भएको हो । यस्तै वैशाख ३० गते इमर्जेन्सीमा भर्ना भई ३१ गते कोरोना पोजेटिभ देखिएका ठेगाना र उमेर नखुलेका पुरुषको आइतबार बिहान ९ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएका तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षका पुरुषको शनिबार राति ९ः५५ बजे अस्पताल ल्याएपछि भर्ना गर्न नपाउंदै मृत्यु भएको हो । यस्तै सैनामैना १ रुपन्देहीका ६४ वर्षका पुरुषमा वैशाख २८ गते संक्रमण पुष्टि भई सोही दिन कोभिड अस्पतालको आईसीयूमा उपचार सुरु भएकोमा वैशाख ३० गते दिउँसो २ः३३ मा, सैनामैना–८ रुपन्देहीका ५४ वर्षका पुरुषमा वैशाख ३१ मा संक्रमण पुष्टि भई सोही दिन अस्पतालको इमर्जेन्सीमा भर्ना भएकामा सोही दिन दिउसो ४ः०९ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

यस्तै वैशाख ९ गते कोरोना पुष्टस भई सोही दिन फिभर क्लिनिकमा भर्ना भएका धुर्कोट–२ गुल्मीका ३३ वर्षका पुरुषको जेठ १ गते बिहान ९ : १८ मा मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै वैशाख ३१ मा कोरोना पुष्टि भई सोही दिन इमर्जेन्सी वार्डमा भर्ना भएकी बुटवल-११ की ६० वर्षिया महिलाको सोही दिन साँझ ६ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते कोरोना संक्रमण पुष्टि भई २६ गते कोभिड अस्पतालको आईसीयूमा भर्ना भएका नवलपरासी भूमहीका ४८ वर्षिय पुरुषको उपचारको क्रममा आइतबार बिहान १२ : ४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !