१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

पदमुक्त जसपाका ४ सांसदले दर्ता गरे सर्वोच्च अदालतमा रिट



काठमाडौं । जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको कारबाहीमा परी लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका चार सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । मुख्यमन्त्री शंकर पोखरेलको सरकार जोगाएर विपक्षीको अविश्वस प्रस्तावको हस्ताक्षर फिर्ता लिएको भन्दै जसपाले चार सांसदलाई पदमुक्त गरेको थियो । जसपाको यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले १६ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई पदमुक्त गर्नुभएको थियो । उनीहरुले उत्प्रेषणको आदेशबाट भएको प्रदेशसभाको कारबाही बदर गर्न माग गरेका छन् । अहिले उनीहरू चारैजना लुम्बिनी प्रदेशका मन्त्री छन् ।


प्रतिक्रिया दिनुहोस !