७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

पछिल्लो २४ घन्टामा ७ हजार ३६८ संक्रमित, १४५ जनाको मृत्यु, ६६४८ जना कोरोनमुक्त



काठमाडौं – पछिल्लो २४ घन्टामा देशभरमा थप ७ हजार ३ सय ६८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १९ हजार ५ सय ३९ पीसीआर परिक्षण गरिएकोमा ७ हजार ३ सय १६ जना संक्रमित देखिएका छन् भने ३४४ एन्टीजेन परिक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा १ हजार ८ सय ८१ गरी जम्मा २ हजार ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ४५ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्लाचे २४ घन्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !