१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

जेठ २० सम्म परीक्षा सम्पन्न गरिसक्न काठमाडौँ महानगरपालिकाको कडा निर्देशन



काठमाडौं । काठमाडौँ महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कोरोना (कोभिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति जारी गरी जेठ २० सम्म सबै कक्षाको परीक्षा सम्पन्न गरी नतिजा प्रकाशन गरि सक्न समेत निर्देश गरिएको जानकारी दिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस !