१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट



काठमाडौं । प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । प्रधानमन्त्री ओलीले शपथका क्रममा प्रतिज्ञा गर्दछुँ भन्न छाडेर त्यो पर्दैन भनेका थिए । जवाफमा राष्ट्रपति विद्या देबी भण्डारी मुसुक्क हाँसेकी थिईन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् । प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको शपथ भन्दा फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !