७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

चितवनमा थप ११ कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनका अस्पतालमा उपचारका क्रममा रहेका ११ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचाररत चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका–९ का ५० वर्षीय पुरुष रहेका छन् । निमोनियाको समस्या भई गत वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै जिल्लाको खैरहनी नगरपालिका–९ की ५४ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २७ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति १२स्५५ बजे मृत्यु भएको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–४ की ३४ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै वैशाख २४ गते अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा सघन उपचार कक्षमा आइतबार राति ७स्५५ बजे मृत्यु भएको हो । यस्तै भैरहवा नगरपालिका–८ का ५० वर्षीय पुरुषको आइतबार साँझ कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमण पुष्टिपछि वैशाख २१ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आइतबार साँझ ५ः२० बजे मृत्यु भएको हो । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका एक पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती–१ का ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

निमोनियाको समस्या भई वैशाख २१ गते अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ : १० बजे मृत्यु भएको हो । बाराको निजगढ नगरपालिका-९ का ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई वैशाख २४ गते अस्पताल भर्ना भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ : ०० बजे मृत्यु भएको हो ।

यस्तै अर्घखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २४ गते पुरानो मेडिकल कलेज भर्ना भएका उनमा २५ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ : ४० बजे मृत्यु भएको हो । कपिलवस्तुका कोरोना सङ्क्रमितको सोही कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । शिवराज नगरपालिका–५ का ३५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएसँगै निमोनियाको समस्या भई यही जेठ २ गते अस्पताल भर्ना भएका उनको आइतबार राति ८ : ३० बजे मृत्यु भएको हो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा दुई सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ बस्ने ४० वर्षीय पुरुष रहेका छन् । सङ्क्रमण पुष्टिपछि क्यान्सरको समस्या भई आइतबार अस्पताल भर्ना भएका उनको राति १२ : ३० बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा रुपन्देहीको कालिका नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कालिका–१० का ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । क्यान्सरको समस्या भई अस्पताल आएका उनमा गत वैशाख २९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ७ : ३० बजे मृत्यु भएको हो । भरतपुर अस्पतालमा उपचारका क्रममा माडी नगरपालिका-५ का ६० वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई जेठ २ गते अस्पताल भर्ना भएका उनको सोही दिन सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ : ४५ वजे मृत्यु भएको हो ।

 


प्रतिक्रिया दिनुहोस !