८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

भारतमा नयाँ संक्रमितको संख्या २६ दिनयताकै कम, घटेन मृतकको संख्या



भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या पछिल्लो २६ दिनयताकै कम देखिएको छ ।

भारतको स्वास्थ्य परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८१ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् । यद्यपि सो अवधिमा कोरोना संक्रमणको कारण ४ हजार १०६ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ४९ लाख ६५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण २ लाख ७४ हजार ३९० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ३४ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने तामिलनाडुमा कोरोनाका नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा धेरै छ । कर्नाटकमा ३१ हजार तथा केरलामा २९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३५ लाख १६ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा भारतका अधिकांश राज्यमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी आएको छ ।

अहिलेसम्म भारतमा १८ करोड २९ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई दिइएको छ


प्रतिक्रिया दिनुहोस !