१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

एक अर्बको म्युचुअल फण्ड संचालन गर्ने तयारीमा मेगा क्यापिटल



काठमाडौं : मेगा क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ । क्यापिटलले मेगा म्युचुअल फण्ड अन्तर्गत रहने गरि मेगा म्युचुअल फण्ड १ नामको बन्दमुखी योजना संचालन गर्न लागेको हो । क्यापिटलले योजनाको इकाई निष्काशनको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । क्यापिटलले बैशाख २२ गते बोर्डमा आवेदन दिएको हो । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गर्न लागेको हो । मेगा क्यापिटलले संचालन गर्न लागेको यो नै पहिलो म्युचुअल फण्ड योजना हो । मेगा सहित हाल विभिन्न ७ कम्पनीले ५ अर्ब ९० करोड बराबरको म्युचल फण्ड संचालन गर्नको लागि बोर्डमा आवेदन दिएका छन् । जस मध्ये सिद्धार्थ क्यापिटल, एनएमबि क्यापिटल र लक्ष्मी क्यापिटलले खुलामुखी योजना संचालनको लागि आवेदन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !