७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

सोमबार २७५९ बिन्दुमा पुग्यो नेप्से



काठमाडौं : आइतबार शेयर बजारमा नेप्से सूचक नयाँ ऐतिहासिक उचाईको रेकर्ड बनाउँदै २७५९ बिन्दुमा पुगेको छ। आइतबार लगातार बढिरहेको सेयर बजारमा सोमबार भने उतारचढावसहितको २० अंकले वृद्धि देखिएको छ। जलविद्युत, समता घरेलु लघुवित्त, राधी जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स र गुराँस लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट, ज्योति विकास बैंक र विशाल बजार कम्पनीको सेयर मूल्य भने १/१ प्रतिशतले घटेको छ। सोमबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। पछिल्लो एक हप्तादेखि नै कम्पनीको सेयर सर्वाधिक किनबेच भइरहेको छ।

नेपाल टेलिकमको ४२ करोड, शिखर इन्स्योरेन्सको ३१ करोड, अरुण काबेली पावरको २५ करोड र माथिल्लो तामाकोशीको २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। म्युचुअल फण्डसहित २१८ कम्पनीको एक करोड ९० लाख कित्ता सेयर एक लाख २ हजार पटक किनबेच हुँदा ९ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ। म्युचुअल फण्डबाहेक एक करोड ७२ लाख कित्ता सेयर ९ अर्ब ५३ करोड रुपैयाँमा किनबेच भएका छन्। १४ कम्पनीको मूल्य स्थिर रहँदा ५६ कम्पनीको मूल्य घटेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य बढेको छ।

 


प्रतिक्रिया दिनुहोस !