७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बादल प्रतिगमनको मतियार बनेको आरोप लगाउँदै खिमलाललाई मत दिन माओवादीको ह्वीप



वागमती प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारिएका खिमललाई देवकोटालाई मतदान गर्ने भएको छ ।

सोमबार माओवादी केन्द्रका वागमती प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल, र संसदीय दलका नेता शालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आह्वान गरेका छन् ।

‘संघीयता, गणतन्त्रका उपलब्धिहरुलाई नीतिगत ढंगले सुदृढ गर्ने स्थान राष्ट्रियसभामा यस विषयका विज्ञ, ज्ञाता र सक्षम व्यक्तित्व डा. खिमलाल देवकोटालाई विजय गराउन हामी संघीयता पक्षधरहरुको दायित्व बन्न आउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले वागमती प्रदेश सभाका सबै माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका सबै आदरणीय प्रमुखरअध्यक्ष र उप/प्रमुख/उपाध्यक्षलाई कलम चुनाव चिन्हमा मतदान गरी डा. खिमलाल देवकोटालाई विजयी गराउन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दछ ।’


प्रतिक्रिया दिनुहोस !