१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी लैजान १० उडान अनुमति



 नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेविया लैजान नेपाल सरकारले १० वटा उडानको अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय दूतावासको समन्वय र साउदी सरकारको समेत अनुमतिपछि ति उडान स्वीकृत गरिएको हो ।

काठमाडौंबाट नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ उडान गर्न सक्ने गरि अनुमति दिएको हो ।

१८ मेबाट नेपाली दुई अन्तराष्ट्रिय वायुसेवा कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरले भारतीय नागरिकलाई साउदी लैजान शुरु गर्नेछन् ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई चार्टर्ड उडानको अनुमति दिइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय