१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ललितपुर महानगरपालिकामा ६ जेठदेखि चिनियाँ खोपको दोस्रो डोज, कहाँ–कहाँ लगाइँदैछ ? (सूचीसहित)



काठमाडौं । ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो डोज ६ जेठदेखि लगाउन सुरु गर्ने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार चैत २५ गतेदेखि वैशाख १५ सम्म पहिलो डोज लगाएकाहरुको लागि दोस्रो डोज खोप लगाउन मिति र स्थान तय गरेको छ ।

जेठ १३ गतेसम्म चल्ने सो खोप कार्यक्रम अन्तर्गत् चैत २५देखि २८ गतेसम्म खोप लगाएकालाई जेठ ६ गते, चैत २९ देखि ३१ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ७ गते, वैशाख १–४सम्म पहिलो डोज लगाएकाको लागि जेठ ९ गते, वैशाख ५–९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते, वैशाख १०–१३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ गतेको मिति तय गरिएको छ ।

वैशाख १४ र १५ गते पहिलो डोज लगाएकालाई भने क्रमशः जेठ १२ र १३ गतेको मिति तय गरिएको छ । यो खोप कार्यक्रमको लागि महानगरपालिकाले एक देखि २९ नं वडासम्मका गरी २९ खोप केन्द्रमार्फत् खोप लगाउने तयारी गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बनेसम्म चल्नेछ ।

विभिन्न खोप केन्द्रहरुको सूची तल उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !