१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

बन्दाबन्दीमा रेस्टुरेन्ट खोल्दा २७ हजार जरीवाना !



रूपन्देही । काेराेना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले बन्दाबन्दीकाे निर्णय गरेपछि व्यवसायीहरु आर्थिक नाेक्सानीमा छन् । यस्ताेमा निषेधाज्ञाको अवज्ञा गर्दा बुटवलमा रेस्टुरेन्ट सन्चालकले उल्टै आर्थिक क्षति व्यहोर्नुपरेको छ । निषेधाज्ञाको अवज्ञा गरी रेस्टुरेण्ट सन्चालन गर्दा सन्चालक र ग्राहक दुवैले जरीवानासहितको कारवाही भोगेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट खोलेर अनावश्यक भिडभाड गर्ने सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेर जरीवाना तिराएको हो । ग्राहकहरुलाई भने प्रहरीले सम्झाई बुझाई छाडिदिएकाे हाे ।

पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका–४ वस्ने ४४ वर्षीय होटल सन्चालक शेर बहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ वस्न ४० वर्षीय होटल सन्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगर छन् ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो । जरिवाना बाफतको २७ हजार ३ सय जरीवाना तिरेर उनीहरु हिजै साँझ रिहा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

रेस्टुरेन्टमा भीड भइरहेको भेटिएपछि वडा प्रहरी कार्यालयबाट गस्तीमा निस्किएको प्रहरी टोलीले बन्द गर्न अनुरोध गर्दा उल्टै प्रहरीमाथि अवरोध गर्न खोजेपछि उनीहरु पक्राउ परेका हुन् । कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले रूपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय