१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

भारतमा शक्तिशाली चक्रवातको वितण्डा : १८ को मृत्यु, १४६ जना रहेको जहाज डुब्यो



एजेन्सी । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको छ । अति शक्तिशाली चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा अहिलेसम्म १८ जनाको मृत्यु भएको र सयौं घाइते भएको इसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । आँधीका कारण फसेको भारतीय जहाज पी–३०५ समुद्रमा डुब्दा १ सय ४६ जना हराइरहेका बताइएको छ । विशेषगरी, भारतका कर्नाटक, गोवा, केरला र महाराष्ट्र राज्यमा मानवीय क्षति बढी भएको भारतीय सञ्चारमाध्यमको भनाइ छ । चक्रवातको असर भारतका मुम्बईलगायत विभिन्न स्थानमा परेको छ । त्यहाँका सयौं रूख ढलेका छन् भने विभिन्न सहर जलमग्न भएका छन् । अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूको बिचल्ली भएको छ । ताउ–ते चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी न्यून चापीय प्रणालीसहित ताउते चक्रवातको प्रभावका कारण अहिले देशभरको मौसम बदली भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !