१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

वर्तमान सरकारले पूर्ण बजेट ल्याउन मिल्दैन : रामशरण महत



काठमाडौं : नेपाली कांग्रेसका नेता एवंम् पूर्व अर्थमन्त्री रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्वअर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त गरि नसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन् । उनले वार्षिक बजेट ल्याउनका लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए । उनले भने, ‘फुल फेज वार्षिक बजेटका लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ । वर्तमान सरकार नै अनिश्चित छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ । चाँडै नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुन्थ्यो ।

विश्वासको मत नलिईकन आगामी आर्थिक वर्षका लागि पूर्ण बजेट ल्याउनु मेरो विचारमा उचित हुँदैन ।’ सरकारले विश्वासको मत प्राप्त नगरी बजेट ल्याउनुपर्ने अवस्थामा कामचलाउ बजेट ल्याउनुपर्ने महतले बताए । बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेटअघिको प्रिबजेट छलफल पनि जरुरी रहेको उनले बताए । उनले अगाडि भने, ‘विधिपूर्वक प्रिबजेटको बारेमा छलफल हुनु जरुरी छ । संसद्मा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ । त्यसको आधारमा संसद्‍मा पेस गरेर छलफल गरेपछि निर्णय गर्ने हो । त्यस्तो अवस्था अहिले छैन ।


प्रतिक्रिया दिनुहोस !