६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

निषेधाज्ञा सकिएको महिना दिनसम्म लिलामीको सूचना निकाल्न नपाइने, अक्सिजन प्लान्ट स्थापना गर्नेलाई आधारदरमै कर्जा



निषेधाज्ञाको अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म कर्जा उठाउने र लिलामीको सूचना निकाल्न नपाउने ब्यवस्था राष्ट्र बैंकले गरेको छ। यो सँगै सो अवधि भर बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको अतिरिक्त शुल्क लिन नपाउने भएका हुन । नेपाल राष्ट्र बैंकले मंगलबार चालु बर्षको तेस्रो तैमासिक मौद्रिक समीक्षा गर्दै निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गरिने जनाएको छ।

यसबाहेक ब्याज पुँजीकरणको लागि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका विद्युत परियोजनाको रिक्वायर्ड कमर्सियल अपरेसन डेट परिवर्तन भएमा त्यो अवधिको ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने ब्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था हुने घोषणा गरेको छ ।

नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टका लागि रु ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनका लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइने समीक्षामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय