११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

बास्ना र स्वाद थाहा नपाउने कोरोनाको लक्षण राम्रो : विज्ञ



काठमाडौं । कोरोना संक्रमितहरुमा बास्ना र स्वाद थाहा नपाउनु आम समस्याका रुपमा रहेको छ । कोरोना भाइरस संक्रमितमा देखिने मूख्य लक्षणहरुमा बास्ना र स्वाद थाहा नपाउनु पनि रहेको छ । तपाई कोरोना संक्रमित हुनुहुन्छ र तपाईमा यी दुवै लक्षण देखिएको छ भने तपाईको लागि खुशीको खबर छ । अर्थात कोरोना भाइरसबाट सुरक्षित हुनुहुन्छ । विशेषज्ञहरुका अनुसार कोरोना संक्रमितमा बास्ना र स्वाद थाहा नपाउने लक्षण देखिनु गम्भीर समस्याबाट जोगिनु हो ।

भारतका प्रतिष्ठित पद्माभुषण पुरस्कार विजेता डाक्टर केके अग्रवालका अनुसार बास्ना र स्वाद थाहा नपाउने लक्षण देखिएका कोरोना संक्रमित गम्भीर संक्रमणबाट मुक्त हुन्छन् । कोरोनाको भाइरसले मूख्य गरी शरीरको माथिल्लो भाग नाक,मुख र आँखामा र तल्लो भाग (मूख्य गरी फोक्सो र कलेजो) मा संक्रमण गर्ने उनले बताए । नाक, मुख र आँखामा गर्ने संक्रमण सामान्य हुने डा. अग्रवालको भनाइ छ । शरीरको माथिल्लो भागमा भाइरसको संक्रमण हुँदा बास्ना र स्वाद थाहा नपाउने हुन्छ । यो दुई चार हप्तादेखि बढीमा ७–९ महिनाभित्र निको हुन्छ । लामो समयसम्म स्वाद र बास्ना नफर्केपनि आत्तिन नपर्ने उनले बताए ।

भाइरसले घाँटीभन्दा मूनिको अंग अर्थात फोक्सो र कलेजोमा संक्रमण गर्दा भने गम्भीर समस्या देखिने डा. अग्रवालको भनाइ छ । फोक्सोको संक्रमण सीधा स्वासप्रस्वास अर्थात अक्सिजनसँग जोडिने भएकोले गम्भीर हुने उनले बताए । यसमा अझ निमोनिया हुने सम्भावना अधिक रहने भएकोले खतरनाक हुन्छ । त्यसैले यस्ता विरामीहरुलाई तुरुन्त विशेष उपचारको आवश्यक पर्ने उनको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !