१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारतको स्वार्थी नीतिका कारण नेपालले कोरोनाविरुद्धको खोप तत्काल नपाउने



काठमाडौं : भारतबाट नेपालले कोरोनाविरुद्धको खोप तत्काल पाउने सम्भावना टरेको छ । कोरोनाको चपेटमा परेको भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्ष्टिच्यूटले यस वर्षको अन्त्यसम्म विदेश खोप निर्यात गर्न नसक्ने जनाएपछि नेपालले पनि खोप पाउने सम्भावना टरेको हो । सिरमले अहिले आफ्नो प्राथमिकता भारतीय नागरिकलाई खोप लगाउनु भएकाले यो वर्षको अन्त्यसम्ममा मात्र निर्यात गर्नसक्ने सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले निकालेको विज्ञप्तिमा उल्लेख छ । भारतले दिएको १० लाख खोप र थप खोप पनि दिने आश्वासनले नेपालले आफ्ना नागरिकलाई खोप अभियान थालेको थियो ।

नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्डको २० लाख खोप किन्न अग्रिम रकम नै भुक्तानसमेत गरिसकेको छ । तर भारतले आफैं दोस्रो लहरको चपेटमा परेको भन्दै खोप निर्यात गरेको छैन । संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरमले अरु मुलुकलाई पठाउनुपर्ने करोडौं डोज खोप निर्यात गर्न सकेको छैन । भारतीयको ज्यान जोखिममा राखेर खोप निर्यात गर्न नसकिने पनि कम्पनीले जनाएको छ । भारतमा खोप कार्यक्रम सञ्चालन भइसकेको र संक्रमितको संख्या एकदमै न्यून भएका बेला संसारका अरू मुलुकलाई कोरोनाविरूद्ध लड्न सघाउने सरकारी नीतिअनुसार ६ करोड ६० लाख डोज विदेश पठाइएको पनि सिरमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय