१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बुधबार ११ अर्ब ९५ करोड ८० लाख बढीको सेयर कारोबार



काठमाडौं । बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८.८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो । तर नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकमले भने पुनः नयाँ रेकर्ड राखेको छ । मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएर नयाँ रकेर्ड कायम भएकोमा बुधबार त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम भएको हो । बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् ।

बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड भने बढेका छन् । बाँकी सबै समूह घटेका छन् । बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त पहिलो नम्बरमा देखिएको छ भने रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स लगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ । धेरै गुमाउने शिर्ष ५ कम्पनीमा सबै हाइड्रोपावर कम्पनीहरु देखिएका छन् । ङादी पावरले सबैभन्दा धेरै गुमाउँदा दोस्रो धेरै गुमाउनेमा युनियन मोदी र तेस्रोमा नेपाल हाइड्रो देखिएका छन् ।


प्रतिक्रिया दिनुहोस !