६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

स्थानीय तह कर्मचारी हकहित मञ्चको संयोजकमा वेदराज अधिकारी चयन



काठमाडौं । स्थानीय तहमा कार्यरत कर्मचारी हकहित मञ्च नेपालको संयोजकमा वेदराज अधिकारी चयन भएका छन् । सोमबार भर्चुअल बैठकबाट सुनसरीको कोशी गाउँपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत अधिकारी संयोजकमा चयन भएका हुन् । स्थानीय तहका कर्मचारीको हकहितलाई सम्बोधन गर्न सात वटै प्रदेशबाट १६ सदस्यीय समिति गठन भएको छ ।

समितिमा प्रदेश १ बाट उदय मैनाली र सञ्जु दाहाल, प्रदेश २ बाट गौरव लामिछाने र सरोज यादव, बागमती प्रदेशबाट निम किरण डाँगी र कविता चौहान, गण्डकी प्रदेशबाट सुबोध खनाल र युवराज पौड्याल, लुम्बिनी प्रदेशबाट ओम राना क्षेत्री र पवन बुढा, कर्णाली प्रदेशबाट रेशम रेग्मी र मेघराज खत्री तथा सुदूरपश्चिमबाट सुरज प्रसाद जोशी र नीरज धामी सदस्यमा चयन भएका छन् । यसैगरी सदस्य सचिवमा वीर बहादुर विष्टलाई चयन गरिएको छ ।

स्थानीय तहमा ६७ हजार परिकल्पना गरिएको कर्मचारी र अहिले कार्यरत रहेका ४३ हजार कर्मचारीको हकहितमा काम गर्नका लागि मञ्च गठन गरिएको मञ्चका संयोजक अधिकारीले बताए । अधिकारी यसअघि अस्थायी शिक्षकका रुपमा कार्यरत रहदाँ पनि संयुत्त अस्थाई शिक्षक केन्द्रीय संघर्ष समितीका संयोजक समेत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय