११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

दैनिक एक गिलास दुध पिउने व्यक्तिलाई मुटु रोगको खतरा १४ प्रशितसम्म कम



दैनिक एक गिलास दुध पिउने व्यक्तिलाई मुटु रोग र हृदयघातको खतरा १४ प्रशितसम्म कम हुने एक शोधको रिपोर्टमा उल्लेख छ । दैनिक एक गिलास दुध पिउने व्यक्तिमा कोलेस्ट्रोलको मात्रा पनि कम हुने बेलायतको रिडिङ् युनिभर्सिटीका अनुसन्धाकर्ताहरुको आफ्नो रिपोर्टमा बताएका छन् । शरीरमा कालेस्ट्रोलको मात्रा बढ्दा धमनीहरुमा अवरोध सृजना हुन्छ र सोही कारण हृदयघातको खतरा पनि बढ्छ ।

अनुसन्धानकर्ताहरुका अनुसार दैनिक दुध पिउने बेलायत र अमेरिकाका २० लाख मानिसमा रिसर्च यसप्रकारको रिसर्च गरिएको थियो । रिसर्चबाट यसरी दुध पिउने मानिसमा मुटुको रोग कम पाइएको थियो । रिडिङ युनिभर्सिटीका शोधकर्ता प्रो. विमल करणीका अनुसार रिसर्चको बेला आफूहरुले दुध पिउने मानिसको जीनमा परिवर्तन भएको पाए । ती मानिसमा बीएमआई (बडी मास इन्डेक्स) धेरै भएको तर खराब कोलेस्ट्रोलको लेबल पनि कम थियो । डेरी प्रोडक्ट स्वास्थ्यका लागि फाइदाकारी साबित भएको थियो ।

प्रो. विमलका अनुसार जीन परिवर्तन भएका मानिसहरुमा मुटु रोगको खतरा कम पाइयो । रिपोर्टमा भनिएको छ, ‘दुध पिउँदा लेक्टेज जीन परिवर्तन देखियो । सोही जीन दुधको माध्यमबाट शरीरमा पुग्ने चिनीका कारण लेक्टेज जीन परिवर्तन भएको पाइयो । यो बदलिएको जीन मानिसका लागि फाइदाकारी छ ।’

दुध पिउँदा मधुमेहको खतरा बढ्छ भन्ने मानिसहरुमा धारणा रहेको पाइन्छ । तर, रिसर्चमा अनुसन्धानकर्ताहरुले दुध कम या बढी पिउनु मधुमेह हुने कुनै प्रमाण फेला नपरेको बताएका छन् । दुध हड्डीका लागि अति नै आवश्यक हुनुका साथै शरीरमा भिटामिन र प्रोटिनको मात्रा पुरा गर्दछ ।


प्रतिक्रिया दिनुहोस !