१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

खोप खरिदमा सहजीकरणको लागि नेपाल र चीनका राष्ट्रपतिबीच टेलिफोन वार्ता



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा सहजीकरण गरिदिन अनुरोध गरेकी छन् । बुधबार दुई राष्ट्रपतिबीच करिब ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘कोभिड १९ बाट नेपाली जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व बनेको छ त्यसैले नेपाली जनतालाई आवश्यक पर्ने मात्रामा चीनबाट खोप खरिद गर्न हामी इच्छुक छौं, यस प्रक्रियामा सहजीकरण गरिदिन म महामहिम राष्ट्रपतिलाई आग्रह गर्दछु’ राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसँगको कुराकानीमा भनिन् ।


प्रतिक्रिया दिनुहोस !