८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

स्वास्थ्यकर्मीमाथि हातपात गर्ने मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा



बाँके । भेरी अस्पताल बाँकेका स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

रावतमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरोप लागेको छ । आरोपीलाई बाँके जिल्ला अदालतले आज ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस !