१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कर्णालीमा कोरोना संक्रमण ओरालाे लाग्दै, सजग हुन जरूरी



सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमणको सख्या कम हुँदै गएको छ । पहिलेको तुलनामा पछिल्लो समय सङ्क्रमणको दरमा कमि देखिएको हो । तर पनि कोरोना सङ्क्रमणको जोखिम भने रहिरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड र निषेधाज्ञा पालना गर्न चिकित्सकहरुको भनाई छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक साताको तथ्याङ्क हेर्दा सङ्क्रमणको दर घट्दै गएको छ ।

निर्देशनालयक निर्देशक डा. रबिन खड्काले अहिले परीक्षणको ४० प्रतिशतमा सङ्क्रमण देखिएको बताउनभयो । उहाँले भन्नुभयो,‘कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भए यता जेठ पहिलो सातासम्म सक्रमण दर बढेको थियो ।

जेठको पहिलो साता चार हजार दुई सय २१ जनामा सङ्क्रमण देखिएको थियो । पछिल्लो एक सातामा भने दुई हजार पाँच सय ४९ जनामा सक्रमण देखिएको छ । ‘सुरुमा परीक्षण गरिएको मध्य ९८ प्रतिशतसम्म सक्रमण देखिने गरेको थियो । अहिले पछिल्लो एक साता ४० प्रतिशतमा झरेको छ ।’ उहाँका अनुसार करिब तीन हजारमा सङ्क्रमण पुष्टी भएको छ । दैनिक एक हजारको हारहारीमा परीक्षण हुने गरेको छ । सङ्कमण देखिने भन्दा सङ्कमणमुक्त हुनेको संख्या बढ्दो छ । अहिले प्रदेशमा करिब छ हजार सक्रिय सङ्कमित छन् ।

कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले पनि कमी आएको हुन सक्ने उहाँले बताउनुभयो । यद्यपी शहरी क्षेत्रमा सङ्क्रमणको दर अलि कम देखिए पनि गाउँमा भने सक्रमण देखिएको उहाँले बताउनुभयो । निषेधाज्ञा पछिल्लो समय अस्पतालमा आउनेको संख्यामा पनि कमी रहेको उहाँको भनाई छ । स्थानीय तहले समान्य लक्ष्ण भएकाहरुलाई स्थानीय तहमै आइसोलेशन बनाएर उपचार गरे पछि कमी भएको उहाँले बताउनुभयो ।

मृत्युदरमा कमी

पछिल्लो कारोना सङ्कमणको दर कमीसँगै मृत्युदरमा पनि कमी आएको छ । पहिलेको तुलनमा मृत्युदरमा पनि कमी आएको निर्देशक डा. खड्काले जानकारी दिनुभयो । कर्णालीमा एक हप्तायता दैनिक तीन चार जनाको कोरोनाको कारण मृत्यु हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैनिक १२/१३ जनाको मृत्यु हुन्थ्यो । अहिले शुक्रबार एक जनाको मात्रै मृत्यु भयो । अहिले बढीमा तीनचार जनाको हुने गरेको छ ।’ कर्णालीमा अहिलेसम्म कारोना सङ्कमणका कारण दुई सय २७ जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !