७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा



काठमाडौं । अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि बजेटमा उल्लेख छ । साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषण गरेको छ ।

कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !