११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

उपत्यकामा अन्तर्राष्ट्रिय परामर्शदाताबाट मेट्रो र शहरी केबलकारको अध्ययन, रेलका लागि १० अर्ब



आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मेट्रो रेल र शहरी केबलकारको सम्भाव्यता अध्ययन गरिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी नियुक्त गरेर अध्ययन गरिने बताए। उनले आगामी वर्ष पूर्वपश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बर्दिवास-निजगढ खण्डको ट्रयाक बेडको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। बर्दिबासमा स्टेशन निर्माण प्रारम्भ गर्न लागिएको छ।

पूर्वको काँकडडिभिट्टा-इनरुवा खण्डको जग्गा अधिग्रहण गरी निर्माण थालिने भनिएको छ। बाँकी खण्डको वित्तीय व्यवस्था गरी निर्माण कार्य अघि बढाइने उल्लेख छ।

आगामी वर्ष काठमाडौं-रक्सौल तथा केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको डीपीआर गर्ने पनि बजेटमा उल्लेख छ। रेलमार्गका लागि १० अर्ब ३ करोड छुट्याइएको छ।

सरकारले आगामी वर्षका लागि बजेटले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६३ अर्ब  ३७ करोड रुपैयाँ छुट्याइएको छ


प्रतिक्रिया दिनुहोस !